काँकरभिट्टा भन्सारबाट ३ महिनामा ७० लाख केजी भेनियर निकासी

कार्तिक २८, २०८१ |गणेशमान मुखिया
काँकरभिट्टा भन्सारबाट ३ महिनामा ७० लाख केजी भेनियर निकासी

झापा । काँकरभिट्टा नाकाबाट यस आर्थिक वर्षको पहिलो त्रैमासमा ७० लाख किलो भेनियर निकासी भएको छ । यो गत आर्थिक वर्षको पहिलो ३ महिनाको तुलनामा १ सय ६६ प्रतिशतले बढी हो ।

भेनियर निकासीबाट मेची भन्सार कार्यालयले तीन महिनामा ४ करोड २१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

भेनियर, प्लाइउड बनाउने कच्चा पदार्थ हो । प्लाइउड शून्य भन्सार शुल्क निकासी गर्न दिने सरकारले भेनियर निकासीमा भने प्रतिकिलो ६ रुपैयाँ कर लगाएको छ । नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दीपक पाण्डे भेनियर उत्पादकहरू सरकारी नीति र प्लाइउड उत्पादकका कारण मारमा परेको बताउनु भयो । 

मेची भन्सार कार्यालयले भने सरकारले बजेटमै करका दर निर्धार्ण गर्ने भएकाले भेनियर निकासी कर अहिले फेरबदल गर्न नसक्किने जनाएको छ ।

नेपालमा १ सय २२ वटा भेनियर उद्योग सञ्चालनमा छन् । तर, प्लाइउड र भेनियर उस्तै प्रकृतिका उद्योग भए पनि सरकारले विभेदकारी नीति लिएको भन्दै भेनियरी उद्योगीहरू सरकारसँग रुष्ट छन् ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement