बाढीले उजाडिएको भार्खु : युवा हराए, बस्तीमा सन्नाटा

भाद्र १७, २०८३ |प्रकाश बम
बाढीले उजाडिएको भार्खु : युवा हराए, बस्तीमा सन्नाटा

काठमाडौं । बाढीको प्रभाव र प्रभावितको अवस्था, राहत र पुनर्स्थापनाको कार्य लगायतको रिपोर्टिङ गर्न कान्तिपुर टोली रसुवा पुगेको छ। 

हाम्रा साथीहरु त्यहाँबाट भन्दै छन्- कतै गाउँ नै छैन, कतै गाउँका मानिस छैनन्। गोसाईँकुण्ड गाउँपालिकाको वडा नम्बर ५ मा मुरारी घिमिरेले रेकर्ड गरेको भिडियोमा हाम्रा साथी प्रकाश बम भन्नुहुन्छ - गाउँका २४ जना हराएका छन्, एक हप्तासम्म खोज्दा पनि नभेटिएपछि अब गाउँलेहरुले आस नै मारिसके। 

रुख पात र वनजंगलले होइन, कुनै पनि ठाउँलाई गाउँ बनाउने मानिसले हो। तर, मानिसहरुले नै बनाएको यो गाउँमा अब मानिस नै भेट्न मुस्किल छ। गाउँका अधिकांश कमाउने मानिस स्याफ्रुबेंसी, टिमुरे, केरुङ र आसपासका बजार क्षेत्रमा थिए। तर, भोटेकोशीको बाढीमा २४ जना युवाहरु बेपत्ता भए। 

अहिले गाउँ शोकमा छ, शोकमा नहुने खेतबारीको रखबारी गर्न राखिएका यी बुख्याचा मात्रै हुन्। अहिले हामी रसुवाको गोसाईँकुण्ड गाउँपालिकाको ठूलो भार्खुमा ९० घरपरिवार बस्छन्। जसमध्ये यहाँका २४ जना मानिसहरु अहिले स्याफ्रुबेंसीबाट सम्पर्कविहीन हुनुहुन्छ । त्यसकारण यो ठूलो भार्खु शोकमा छ।

नजिकैको अर्को गाउँ सानो भार्खुका पनि ११ जना हराएका छन् जो भेटिएका छैनन्। ठूलो भार्खुमा मात्रै २४ जना, सानो भार्खुमा ११ जना …. भनेर साध्यै छैन।

गाउँमा थोरैमात्रै युवा छन्। बाँकी सबै कि उमेर लागेका बुढापाका छन्। कि साना बालबालिका छन्। म्हेन्दो तामाङले भएजति ठाउँमा सम्पर्क गरेर हराएका छोरा सुवासलाई खोज्नुभयो, कतै जिवितै छन् कि भनेर। तर, अब आमाको आशा भने मर्‍यो। अब समुदायको परम्पराअनुसार अन्तिम संस्कारतर्फ म्हेन्दो लाग्नुभएको छ।

अस्पतालभरि खोज्यो तर भेटिनँ। आसा टुटेर ….

बोमा निमा तामाङलाई पनि अब भाइ कर्मा वाङ्ग्याल छँदै छैन भन्ने लागिसक्यो। परिवारले अब तामाङ परम्पराअनुसार अन्तिम संस्कारको तयारी थालेको छ। ऊ अब छँदै छैन भन्ने लागिसकेपछि … लामाबाट पूजापाठ गरेर यस्तो गर्छौं।

आफ्नो संस्कार अनुसार ….

हराएकाहरुको अन्त्येष्टिका लागि गाउँले लागिसके। तर, अब चिन्ता छ, यी परिवारको रेखदेख कसले गर्लान् ?

अहिले तपाईँको जसले घर चलाइरहेको छ... बिजोग अवस्थामा हुनेछौं।

१० गते बल्न छोडेको बत्ति एक हप्ता बल्न थाल्यो। तर, गाउँलेहरु राहतको आशा बोकेर बसेका छन्। 


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।