काठमाडौं । कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ ।
दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० भैरहवा विमानस्थलमा अपरान्ह अवतरण गरेको थियो । कतार एयरले अब नियमित रुपमा दोहा-भैरहवा-काठमाडौं-दोहा 'रुट'मा दैनिक उडान भर्नेछ ।
उक्त विमान कम्पनीले आगामी मंसिर १५ गतेसम्म गौतमबुद्ध विमानस्थलमा उडानको अनुमति पाएको थियो । कतार एयरसँगै गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ ।
विमानस्थलमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसिया र जजिराले सेवा दिन थालिसकेका छन् ।