काठमाडौं । साताको पहिलो दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक ६२ दशमलव ५४ अंकले बढेको छ ।
नेप्से आज २ हजार ७ सय ३८ दशमलव ६ विन्दुमा पुग्दा ९ अर्ब ७७ करोडको कारोबार भएको छ । आज कारोबारमा आएकामध्ये दुई २८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३ वटाको घटेको छ ।
एक लाख ६ सय ५१ पटकको कारोबारमा २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता सेयर किनबेच भएका छन् ।
गत बुधबार ५ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।