रुपन्देहीमा रवि लामिछानेसँग आज पनि बयान

कार्तिक २९, २०८१ |अमृता अनमोल
रुपन्देहीमा रवि लामिछानेसँग आज पनि बयान

रुपन्देही । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि भैरहवा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा आज पनि बयान लिइँदैछ ।

जिल्ला सरकारी वकिल कार्यालयले हिजो बिहान सवा १० बजेबाट साँझसम्मै लामिछानेसँग बयान लिएको थियो । बयानका लागि लामिछानेलाई प्रहरीको ठूलो घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो । मंगलबार कास्कीबाट रूपन्देही लगेर लामिछानेसँग बयान सुरु गरिएको थियो । लामिछानेलाई जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरीका अनुसन्धान अधिकारीलगायतको उपस्थितिमा बयान लिइएको थियो ।

यसैबीच, रूपन्देही प्रशासनले सरकारी वकिल कार्यालय र अदालत आसपासको १ सय मिटर क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement