सेयरबजार बढेपछि सेयर कर्जा पनि बढ्यो

कार्तिक १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सेयरबजार बढेपछि सेयर कर्जा पनि बढ्यो

काठमाडौं । साउनदेखि सेयरबजार बढेपछि त्यसमा जाने कर्जा पनि बढेको छ । चालु आर्थिक वर्षका दुई महिनामा सेयरमा मात्रै ९ अर्ब ६७ करोड कर्जा गएको छ । गत वर्षको तुलनामा यो १० प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौसम्ममा १ करोड रुपैयाँभन्दा माथिको सेयर कर्जामा बढी आकर्षण देखिएको छ । १ करोडभन्दा माथिको कर्जा भदौसम्म १० अर्ब गएको छ । ५० लाखदेखि १ करोडसम्मको कर्जा ३९ करोड गएको छ ।

तर, सेयर बजार बढेको समयमा पनि साना कर्जा भने घटेका छन् । साढे २५ लाखदेखि ५० लाखसम्मको कर्जा गत वर्षको तुलनामा ४३ करोड र २५ लाखभन्दा कमको कर्जा २८ करोडले घटेको छ । ठूला ऋणी बढेकाले सेयर कर्जा बढेको देखिएको हो ।

भदौसम्ममा सबैभन्दा बढी आयात र त्यसपछि सेयरमा कर्जा बढेको देखिन्छ । आयात कर्जा १७ प्रतिशतले बढ्दा सेयरकर्जा १० प्रतिशत बढेको हो । बैंकहरुले उपलब्ध गराएको तथ्यांकअनुसार असोजसम्म गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा ६ अर्ब बढी कुल कर्जा गएको छ । 

गत असोजसम्म १ खर्ब २५ अर्ब बराबरको कर्जा गएको छ । जुन गत वर्षको सोही समयमा १ खर्ब १९ अर्ब गएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement