काठमाडौं । विद्युत् नियमन आयोगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकमको किस्ता तिर्ने उद्योगहरुमा लाइन जोड्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
आयोगले प्राधिकरणलाई उद्योगको किस्ता रकम तोकिदिन पनि निर्देशन दिएको छ । यसैगरी बिलका बिषयमा कुनै आधिकारिक निकायबाट अध्ययन हुँदा बिल रकम फरक देखेमा आगामी दिनको बिलमा मिलाउन पनि निर्देशन दिएको छ ।
यस्तै यो अनुसार भए नभएको रिपोर्ट पनि आयोगलाई पठाउन पनि निर्देशनमा भनिएको छ । प्राधिकरणले अहिले किस्तामा तिर्न तयार हुनेहरुको विद्युत् लाइन पुन: जोडिरहेको छ ।