डेडिकेटेड र ट्रंकलाइन विवाद वार्ताद्धारा समाधान गर्न उद्योग वाणिज्य महासंघको आग्रह

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
डेडिकेटेड र ट्रंकलाइन विवाद वार्ताद्धारा समाधान गर्न उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । उद्योग वाणिज्य महासंघले डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद वार्ताद्धारा समाधान गर्न आग्रह गरेको छ । लाइन काटिँदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर पर्ने र यसले गलत सन्देश जाने महासंघको धारणा छ ।

अहिले काटिएको बिजुली तत्कालै जडान गरी वार्ताद्धारा सबैपक्ष बसेर समाधान खोज्नु आवश्यक रहेको महासंघको ठहर छ ।

डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद सदाका लागि अन्त्य गर्न सर्बोच्च अदालतका पूर्व न्यायधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भएको थियो । आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन नसकेको महासंघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.