नेपालले कबोलअनुसार भारतमा बिजुली उपलब्ध गराउन सकेन, झन्डै १० करोड जरिवाना तिर्नुपर्ने

बाढीले समस्या परेको भन्दै जरिवाना मिनाहा पहलको तयारी
कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालले कबोलअनुसार भारतमा बिजुली उपलब्ध गराउन सकेन, झन्डै १० करोड जरिवाना तिर्नुपर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कबोल गरे अनुसार भारतीय बजारमा बिजुली उपलब्ध गराउन नसकेपछि झन्डै १० करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

गत असोज ११ गते नेपालले इण्डियन इनर्जी एक्सचेन्जमा ९ सय मेगावाट विद्युत् विक्रीको प्रतिबद्धता जनाएको थियो । बाढीका कारण आवश्यक विद्युत उत्पादन हुन नसकेपछि कबोल अनुसारको विद्युत् आपूर्ति गर्न नसकेको प्राधिकरणले जनाएको छ ।

कबोल अनुसार विद्युत् दिन नसकेपछि १० करोडको दायित्व सिर्जना भएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसले जानकारी दिनुभयो । विषम परिस्थितिका कारण विद्यूत आपूर्ति हुन नसकेको भन्दै जरिवाना मिनाहा गर्न कूटनीतिक पहल भइरहेको प्राधिकरणको भनाइ छ ।

गत असोज १० गते आएको बाढीले माथिल्लो तामाकोशीसहित तीन दर्जनभन्दा जलविद्युत्‌मा क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति कम भएको हो । हाल दैनिक ३ सयदेखि ४ सय मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको प्रवक्ता घोषको भनाइ छ । गत वर्ष नेपालले १७ अर्बभन्दा बढीको विद्युत् भारतमा निकासी गरेको थियो । त्यस्तै १६ अर्बको आयात गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.