मलेसियामा सबै क्षेत्रमा श्रमिकको न्यूनतम तलब बढ्यो, अब महिनाको १७ सय रिंगेट

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मलेसियामा सबै क्षेत्रमा श्रमिकको न्यूनतम तलब बढ्यो, अब महिनाको १७ सय रिंगेट

काठमाडौं । मलेसिया सरकारले सबै क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम तलब वृद्धि गरेको छ ।

श्रमिकको न्युनतम तलब मलेसियन रिंगेट १५ सयबाट बढाएर १७ सय अर्थात् करिब ५३ हजार पुर्‍याइएको हो । मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले हिजो संसद्मा आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गर्नुभएको हो । यो तलब आगामी फेब्रुअरी १ देखि कार्यान्वयनमा आउने छ ।

मलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिकको न्युनतम तलब पनि २ सय रिंगेटले बढेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको पाउने सबैभन्दा बढी न्युनतम तलब मलेसियाको बनेको छ । साउदी अरब, युएई, कुवेतलगायतका मुलुकले न्युनतम तलब तोकेका छैनन् ।

मलेसियामा ३ लाख ९९ हजार ६ सय १४ कामदार कार्यरत छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.