नेपालमा पहिलो पटक बन्यो अलैंची प्रशोधन गर्ने यन्त्र

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालमा पहिलो पटक बन्यो अलैंची प्रशोधन गर्ने यन्त्र

पाँचथर । नेपालमा पहिलो पटक अलैंची प्रशोधन गर्ने उपकरण निर्माण भएको छ ।

कृषि यन्त्र उत्पादन गर्दै आएको कामाक्षा एग्रो एण्ड इन्जिनियरिङ कम्पनीले अलैंची ग्रेडिङ गर्ने उपकरण बजारमा ल्याएको हो । कम्पनीले हाते र विद्युतीय गरी २ किसिमका ग्रेडिङ मेसिन निर्माण गरेको हो ।

दुवै उपकरणले सुकाएका अलैंचीका दाना ठूला, मझौला र साना गरेर तीन समूहमा छुट्यादिन्छन् । एक वर्ष अघिदेखि अनुसन्धान थालेको कामाक्षाले तीन महिनादेखि यी उपकरण अलैंची पकेट क्षेत्रमा पठाउन थालेको हो ।

कामाक्षाले अलैंची उत्पादन हुने पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर र संखुवासभालगायतका जिल्लालाई लक्षित गरेर उत्पादन गरिएका उपकरण यतिबेला विभिन्न जिल्लामा लगेर प्रदर्शनी गरिरहेको छ ।

किसानले उत्पादन गरेका अलैँचीको सही ढंगले ग्रेडिङ नहुँदा कम मूल्यमा बेच्नुपर्ने बाध्यता अब हट्ने अपेक्षा छ ।

विद्युतीय उपकरणले एक दिनमा एकसय मन र हाते उपकरणले ५० मन अलैंची ग्रेडिङ गर्ने क्षमता राख्छन् । विद्युतीय उपकरणको मूल्य एकलाख र हातेको मूल्य ५० हजार पर्ने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement