दसैंमा नयाँ नोट साट्न कहाँबाट पाइन्छ ?

भाद्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
दसैंमा नयाँ नोट साट्न कहाँबाट पाइन्छ ?

काठमाडौं । यस वर्षको दसैंका लागि नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूबाट सुकिला नोट साट्न सकिने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सुकिला नोट साट्नका लागि कार्यलयहरु तोकेको हो ।

राष्ट्र बैंकका प्रदेशका कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट २०८१/०६/१३ देखि २०८१/०६/२२ गतेसम्म नोट साट्न सकिने छ । 

यसैगरी इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement