नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी भृकुटीमण्डमा जारी

भाद्र २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी भृकुटीमण्डमा जारी

काठमाडौं । तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ ।

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डमा तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । सरकारका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रदर्शनीको शुभारम्भ गर्नुभयो ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा इलेक्ट्रिक तथा कन्ज्युमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी भदौ २३ गतेसम्म चल्नेछ ।

आयोगजकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहेका छन् । प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्रीहरुको स्टल राखिएका छन् ।

यस्तै वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ स्टेसन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको स्टल रहेको आयोगकको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement