धितोपत्र बोर्ड ७ महिनादेखि अध्यक्षविहीन, सेयर निष्काशनको काम ठप्प

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
धितोपत्र बोर्ड ७ महिनादेखि अध्यक्षविहीन, सेयर निष्काशनको काम ठप्प

काठमाडौं । सेयरबजारको नियमनकारी निकाय धितोपत्र बोर्डमा अध्यक्ष रिक्त भएको सात महिनासम्म पनि नियुक्त हुन नसक्दा सेयर निष्काशनको काम नै रोकिएका छन् । समयमा सेयर निष्काशन गर्न नपाउँदा निर्माणका लागि आवश्यक रकमसमेत जोहो गर्न समस्या परेको जलविद्युतका लगानीकर्ताहरुको गुनासो छ ।

बोर्ड गत पुसयता अध्यक्षविहीन छ । बोर्ड लामो समयसम्म अध्यक्ष नियुक्ति हुन नसक्दा कम्पनीहरूले सबै प्रकारका धितोपत्र निष्काशनको अनुमति पाउन सकेका छैनन् भने बजारको नियमन पनि चुस्त हुन सकेको छैन । पुसयता एउटा कम्पनीको मात्रै आइपीओ र एफपीओ स्वीकृत भएको छ ।

बोर्डमा अहिले अर्थ मन्त्रालयबाट धितोपत्र बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष नियुक्त नहुँदा १६ कम्पनीको ११ अर्ब बराबरको आइपीओ, ४ कम्पनीको ५ अर्ब बराबरको हकप्रद सेयर र ४ कम्पनीको २५ करोडको एफपीओ अघि बढ्न सकेको छैन ।

सरकारले अर्थतन्त्र चलायमान बनाउने भने पनि कम्पनीहरुले आइपीओ जारी गर्न पाएका छैनन् । बोर्डमा अध्यक्ष नियुक्त गर्नमा भएको ढिलाइका कारण निर्माण हुँदै गरेका आयोजनालाई रकम जुटाउन, ब्याज तिर्न र सर्वसाधारणका लागि लगानी गर्ने सेयर निष्काशन नै रोकिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement