काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई गलत प्रयोग गर्नेहरुले आन्दोलन गरेको आरोप लगाउनुभयो ।
सहकारी पत्रकार समाजको १४औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले बढी ब्याज खान खोज्नेहरुले नै सहकारी पीडितहरुको अगुवाई गरेर आन्दोलन गरिरहेको दाबी गर्नुभयो । उहाँले स्वार्थमा गाँजिएका सहकारीलाई देखाएर सबै सहकारी गलत हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै सचेत रहन आग्रह पनि गर्नुभयो ।
मन्त्री अधिकारीले सहकारी पीडितसँग भएको ८ बुँदे सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।