सेयर बजार परिसूचक नेप्सेमा हालसम्मकै उच्च कारोबार

आज नेप्से परिसूचक ६४ दशमलव २५ अंकले बढ्दा २१ अर्ब ९१ करोडको कारोबार
श्रावण १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सेयर बजार परिसूचक नेप्सेमा हालसम्मकै उच्च कारोबार

काठमाडौं । सेयर बजारमा आज एकै दिन २१ अर्ब ९१ करोडको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७८ साउन २४ गते २० अर्ब ४९ करोडको कारोबार भएको थियो ।

बुधबार ६४ दशमलव २५ अंकले बजार बढेर २७ सय ६० दशमलव ९० अंकमा पुगेको छ । ३ सय ३२ कम्पनीको ५० लाख ९६ हजार कित्ता सेयर २ लाख ३८ हजार पटक खरिद बिक्री भएका छन् । बुधबार १ सय ९१ कम्पनीका सेयर लगानीकर्ताले कमाउँदा ८ वटा कम्पनीका सेयर लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने ४४ कम्पनीका शेयर लगानीकर्ताले गुमाएका छन् ।

आज सबै उपसमूहको सूचक बढेको छ । फाइनान्स समूहको सूचक सर्वाधिक ८ दशमलव शून्य-नौ प्रतिशतले बढेको छ । हिमालयन रिइन्स्योरेन्स ८४ करोड ४९ लाख रुपैयाँको कारोबारसहित सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा रह्यो । यस्तै, १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.