राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

वित्तीय स्थायित्व सहज हुने गरी खुकुलो नीति ल्याउने तयारी
कर्जा विस्तार प्राथमिकतामा
श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । बालुवाटारमा भूकम्पपछि बनेको नयाँ भवनबाट दिउँसो सवा १२ बजे मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।

मौद्रिक नीति सार्वजनिक गर्न अहिले ९ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले मौद्रिक नीति सार्वजनिक गर्ने गरी नै तयारी गरिएको जानकारी दिनुभयो । अघिल्लो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थियो । 

मौद्रिक नीतिमा छलफल गरी पारित गर्न सञ्चालक समितिको बैठक समेत बोलाइएको भए पनि  प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएसँगै त्यतिखेर रोकिएको थियो । गभर्नर महाप्रसाद अधिकारीले व्यवस्थापन समूहबाट पास भइसकेको मस्यौदा सञ्चालक समितिमा पेस नै  गर्नुभएको थिएन ।

कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार भएको छ । बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीति राष्ट्र बैंकले लिन लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement