यस वर्षको दसैंमा बिक्रीका लागि मुस्ताङको कालो च्याङ्ग्रा ल्याइने

भाद्र २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस वर्षको दसैंमा बिक्रीका लागि मुस्ताङको कालो च्याङ्ग्रा ल्याइने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैंमा बिक्रीका लागि मुस्ताङको कालो च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।

गत वर्ष अन्य जिल्लाबाट ल्याउँदा बिक्री नभएपछि यस पटक स्थानीय तहसँगको समन्वयमा उपभोक्ताले रुचाउने मुस्ताङको कालो च्याङ्ग्रा ल्याउनै तयारी गरेको हो । यस वर्ष ६ सय च्याङ्ग्रा र १५ सय खसीबोका ल्याउन कम्पनीले जनाएको छ ।

त्यस्तै खाद्य कम्पनीले यस वर्षको चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । उपत्यकाका तीनसहित ४३ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने छ । गत वर्ष ४२ जिल्लाका ४८ स्थानमा यस्ता पसल सञ्चालन गरिएको थियो ।

चाडपर्वको समयमा यस वर्ष दुर्गमका कुनै पनि जिल्लामा खाद्यान्नको अभाव नहुने दाबी खाद्यले गरेको छ । अहिले खाद्यसँग १२ हजार टन चामल मौज्दात छ भने ११ टन खरिद प्रक्रियामा छ । रैथाने खाद्यान्नलाई प्रवर्द्धन गर्न कर्णालीको सिमी, फापर, चिनो, कागुनो, मार्सी, बिक्री वितरण गरिने खाद्य कम्पनी लिमिटेडले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement