पश्चिम तराईमा पानी नपर्दा ९० प्रतिशत किसानले रोपाइँ गर्न पाएनन्

असार १५, २०८१ |जे पाण्डे
पश्चिम तराईमा पानी नपर्दा ९० प्रतिशत किसानले रोपाइँ गर्न पाएनन्

नेपालगन्ज । पश्चिम तराईमा पानी नपर्दा ९० प्रतिशत किसानले रोपाइँ गर्न पाएका छैनन् । आकासे पानीको भरमा खेती गर्दै आएका किसानले मध्य असार भइसक्दा पनि पानी नपरेपछि धान रोप्न पाएका छैनन् । 

सिक्टा र बबई सिँचाइजस्ता राष्ट्रिय गौरवका आयोजना रहेको बाँके र बर्दियाका किसानले आकासे पानीको भर पर्नुपर्ने बाध्यता छ । नहर भएका ठाउँमा पनि पानी छैन । कतै कतै  छिटपुट वर्षा भए पनि रोपाइँ गर्न पानी पुगेको छैन । यति बेला धान रोपाइँ भई सक्नुपर्नेमा पश्चिम तराईका अधिकांश जमिन सुक्खा देखिन्छ । जसका कारण बाँकेमा अहिलेसम्म २ प्रतिशत मात्र धान रोपाइँ भएको छ । हेर्नुहोस् भिडियो रिपोर्ट :-


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।