४७ अंकले बढ्यो नेप्से

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
४७ अंकले बढ्यो नेप्से

काठमाडौं । कारोबार खुलेको केही समयमै सकारात्मक सर्किट ब्रेक लागेर दुईपटक बन्द भएको सेयरबजार आज ४७ अकंले बढेको छ ।

बिहान ११ बजे बजार खुलेको २ मिनेटभित्रै ४ प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यसपछि ११ बजेर २१ मिनेटमा खुलेको बजारमा फेरि ५ प्रतिशतले बढेर सकारात्मक ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । तर त्यसपछि खुलेको बजार भने घटबढ भइरहँदा अन्तिम समयमा ४७.०४ अंक अर्थात् २.२९ प्रतिशतले मात्रै बढेको छ ।

दोस्रो सर्किट ब्रेकपछि खुलेको बजार थप १ प्रतिशत मात्रै बढेको भए पूरै दिनका लागि कारोबार बन्द हुनुपर्थ्यो । दोस्रो सर्किट ब्रेकपछि भने लगानीकर्ता केही सम्हालिएकाले दिनभर नै कारोबार हुन पायो । आज चार अर्ब ५७ करोडको कारोबार भएको छ । हिमालय डिस्टिलरी, समाज लघुवित्त र गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.