इन्धनको मूल्य बढ्यो, खाना बनाउने ग्यासको मूल्य यथावत्

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इन्धनको मूल्य बढ्यो, खाना बनाउने ग्यासको मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार भन्दै निगमले आइतबार मध्यरातिबाट लागु हुनेगरी इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।

निगमले हवाई इन्धन र खाना बनाउने (एलपी) ग्यासको मूल्य भने यथावत् राखेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.