८५ लाख ३३ हजार ८ सय ६५ रुपैयाँ खर्च भयो ‘श्रमाधान रोजगार मेलामा’

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
८५ लाख ३३ हजार ८ सय ६५ रुपैयाँ खर्च भयो ‘श्रमाधान रोजगार मेलामा’

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ १७ गते ३० गतेसम्म सात वटै प्रदेशमा गरेको ‘श्रमाधान रोजगार मेलामा ८५ लाख ३३ हजार ८ सय ६५ रुपैयाँ खर्च भएको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी ९३ लाख ६ हजार बजेटको जोहो गरिएको भए पनि पूरा खर्च नभएको बताएको हो । ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका छन् ।

रोजगारदाताबाट १४ हजार ७ सय ८८ श्रमिकको माग भएको छ । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३ सय २२ वटा स्टल राखिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.