सरकारले नयाँ चरणको आर्थिक सुधारका कार्यक्रममा विशेष ध्यान दिनुपर्छ : स्वर्णिम वाग्ले

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारले नयाँ चरणको आर्थिक सुधारका कार्यक्रममा विशेष ध्यान दिनुपर्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ । उहाँले सो कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेकोमा पनि सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई दबाब दिनुभयो । उहाँले रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने र सुशासनमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । ‘यसपालि फण्ड नछुट्टयाइएको तर यो बजेटको सबभन्दा महत्त्वपूर्ण अंश, जुन अलिखित छ– नयाँ चरणको आर्थिक सुधार । त्यसमा असाध्यै ध्यान दिन पनि म हार्दिक आग्रह गर्दछु,’ उहाँले भन्नु भयो ।

उपसभापति वाग्लेले क्लाइमेट फाइनान्स नै अबको विकास फाइनान्स भएको कुरालाई पनि सरकारले बिर्सन नहुने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.