मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद मिना यादवको माग

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद मिना यादवको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गर्नुभएको हो । उहाँले मधेसका महिलाहरू शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मधेसको महिलाहरू शिक्षामा धेरै पछाडि परेका छन् । त्यस कारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ ।’

उहाँले मधेसका महिलाहरू शिक्षामा पछाडि परेको कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement