नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु

काठमाडौं । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु भएको छ ।

बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे पनि बैठकमा छलफल हुँदैछ । बैठकका सहभागी हुन चीनका उपविदेशमन्त्री सुन वेइतोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आइसक्नुभएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनुहुनेछ । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेशमन्त्री सुनले गर्नुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement