पाल्पाको सिद्धबाबा सुरुङ : भोलिदेखि विस्फोट गराएर खनिँदै

जेष्ठ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाल्पाको सिद्धबाबा सुरुङ : भोलिदेखि विस्फोट गराएर खनिँदै

पाल्पा । पाल्पाको सिद्धबाबामा भोलिदेखि विस्फोट गराएर सुरुङ मार्ग खन्ने कामलाई तीव्रता दिइने भएको छ ।

जिल्ला सुरक्षा समिति रूपन्देही र पाल्पाको निर्णयअनुसार सिद्धबाबामा भोलिदेखि आवश्यकताका आधारमा सवारीसाधन रोकेर विस्फोट गरी सुरुङ खन्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो ।

नेपाली सेना र प्रहरीको उपस्थितिमा आवश्यकताअनुसार विस्फोट गराइनेछ । तिनाउ गाउँपालिका ३, दोभान सिद्धबाबामा एक हजार १२६ मिटर लामो सुरुङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ ।

आयोजनाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सुरुङ मार्गको भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत छ । मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जानकारी दिएको छ ।

पाँच वर्षमा काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ फागुनमा ठेक्का भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.