इन्डो-नेपाल मल्टिमोडल लजिस्टिक एन्ड कनेक्टिभिटी शिखर सम्मेलन सम्पन्न

जेष्ठ १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
इन्डो-नेपाल मल्टिमोडल लजिस्टिक एन्ड कनेक्टिभिटी शिखर सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल-भारत व्यापार सम्बन्ध सुदृढ बनाउन वीरगन्जमा इन्डो-नेपाल मल्टिमोडल लजिस्टिक एन्ड कनेक्टिभिटी शिखर सम्मेलन सम्पन्न भएको छ ।

भारतको पीएचडी उद्योग वाणिज्य संघ र मधेश प्रदेश उद्योग वाणिज्य संघले संयुक्त रूपमा सम्मेलन आयोजना गरेका हुन् ।  सम्मेलनमा व्यापारमा ढुवानी खर्चले उपभोक्ता, व्यापार, राजस्व र अर्थतन्त्रसँगै देशको समग्र विकासमा खेल्ने भूमिकामाथि छलफल भएको छ । 

नेपालको अधिकांश व्यापार भारतसँग र भारत हुँदै तेस्रो मुलुकमा हुने गरेको ढुवानीमा विदेशी कम्पनीको दबदबा भएकोले त्यसको फाइदा नेपाल र भारत दुवै देशले लिन नसकेको सम्मेलनका सहभागीले बताएका छन् । 

नेपाल र भारतका उद्योग वाणिज्य संघका पदाधिकारी र लगानी बोर्डका पदाधिकारीसँगै लजिस्टिक व्यवस्थापनमा कार्यरत निजी तथा सरकारी संघसंस्थाका पदाधिकारी उपस्थित शिखर सम्मेलनले नेपाल भारतबीचको व्यापारिक सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.