क्रोएसियालाई हराउँदै साबिक विजेता इटाली युरो कपको नकआउट चरणमा

स्पेन समूह विजेता बन्दै अन्तिम १६ मा
अल्बानिया बाहिरिँदा क्रोएसियाको सम्भावना कायमै
असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
क्रोएसियालाई हराउँदै साबिक विजेता इटाली युरो कपको नकआउट चरणमा

काठमाडौं । साबिक विजेता इटाली युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ । क्रोएसियाविरुद्ध १-१ गोलको बराबरी खेल्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो ।

१-० ले पछि परेको इटालीले अन्तिम समयमा गोल फर्काएपछि नकआउट चरणमा स्थान बनायो । लुका मोड्रिचले ५५ औं मिनेटमा गोल गर्दै क्रोएसियालाई सुरुवाती अगता दिलाएका थिए । त्यसअघि उनी पेनाल्टीमा चुकेका थिए । उनको पेनाल्टी इटालियन गोलरक्षक डोनारुमाले बचाएका थिए । 

इन्ज्युरी समयको आठौँ मिनेटमा रिकार्डो कालाफिओरीको पासमा माटिया जाकाग्नीले उत्कृष्ट गोल गरेपछि इटाली अन्तिम १६ मा प्रवेश गर्‍यो । इटाली ३ खेलमा ४ अंकसहित समूह बीको उपविजेाको रूपमा अघिल्लो चरणमा प्रवेश गरेको हो । 

यसै समूहको अर्को खेलमा स्पेनले अल्बानियालाई १-० ले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । स्पेन समूह चरणमा अपराजित रहँदै ३ खेलमा ९ अंक जोडेर अघिल्लो चरणमा प्रवेश गरेको हो । 

यस समूहमा क्रोएसियाको ३ खेलमा २ अंक छ । समूहमा तेस्रो भएको क्रोएसियाको तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ४ टोलीको रूपमा अघि बढ्ने झिनो सम्भावना मात्र बाँकी छ । १ अंकसहित पुछारमा रहेको अल्बानिया भने  प्रतियोगिताबाट बाहिरियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement