बिमा कम्पनीहरूले कृषि बिमा नै गर्न छाडे

जेष्ठ १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बिमा कम्पनीहरूले कृषि बिमा नै गर्न छाडे

काठमाडौं । सरकारबाट रकम नपाएको भन्दै बिमा कम्पनीहरूले कृषि बिमा नै गर्न छाडेका छन् ।

बिमा प्रिमियमको ८० प्रतिशत सरकारले बेहोर्ने नीति रहे पनि सरकारले रकम निकासा नगरेको भन्दै कम्पनीहरूले नयाँ बिमा गरेका छैनन् । उनीहरूले बिमाको क्षतिपूर्ति दिनसमेत आनाकानी गरेका छन् । बिमा कम्पनीहरूको रवैयाको असर किसानलाई परेको छ ।

सरकारका अनुसार अहिले पनि सवा दुई अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी छ । बिमा कम्पनीहरूले भुक्तानी रोकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बल्ल स्रोत खोज्न लागेको बताएको छ । कृषि मन्त्रालयले भुक्तानीका लागि ९७ करोड रुपैयाँका लागि अर्थ मन्त्रालयसँग सहमति मागेको छ । बाँकी सवा खर्बभन्दा बढी रकम जोहो गर्ने विषयमा छलफल भइरहेको मन्त्रालयले बताएको छ ।

पशु सेवा विभागका अनुसार बिमा कम्पनीहरूले कृषिको बिमा गर्दा मासिक १५ करोड दायित्व सिर्जना हुने गरेको छ । चालु आर्थिक वर्षमा ६० करोड मात्र बजेट विनियोजन भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.