इजरायलमा ८ सय श्रमिकका लागि खुल्यो विज्ञापन

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलमा ८ सय श्रमिकका लागि खुल्यो विज्ञापन

काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा लागि ८ सय नेपाली श्रमिक पठाउने गरी सरकारले विज्ञापन खुलाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सार्वजनिक सूचना गरी २१ दिनभित्र आवेदन दिन सकिने जनाएको हो । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका युवाले आवेदन दिन सक्ने वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।

कम्तिमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेकाहरुले आवेदन दिन सक्नेछन् । यस्तै १२ कक्षा उत्तीर्ण गरी केयर गिभिङसम्बन्धी कम्तिमा तीन महिनाको तालिम लिएकाहरुले पनि आवेदन दिन सक्नेछन् ।

इजरायलको ग्रिन जोनका लागि श्रमिकको माग भएकाले सहमति दिइएको दाबी सरकारको छ । इजरायलमा जाने श्रमिकले मासिक दुई लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् । जाने भाडा भने श्रमिक आफैंले तिर्नुपर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement