नेपालमा जलविद्युत्, कृषि, पर्यटन र पूर्वाधारमा लगानी गर्ने रुसका लगानीकर्ताको इच्छा

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालमा जलविद्युत्, कृषि, पर्यटन र पूर्वाधारमा लगानी गर्ने रुसका लगानीकर्ताको इच्छा

काठमाडौं । रुसका लगानीकर्ताले नेपालको जलविद्युत्, कृषि, पर्यटन र पूर्वाधारमा लगानी गर्ने इच्छा देखाएका छन् ।

रुसको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सेर्गेई काटिरिन नेतृत्वको टोलीले आज (सोमबार) परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई छुट्टाछुट्टै भेटेर लगानीका विषयमा छलफल गरेको हो । रुसले नेपालका जलविद्युत्, कृषिलगायत क्षेत्रका लगानी गर्न चासो देखाएको छ ।

भेटका अवसरमा मन्त्रीद्वय श्रेष्ठ र महासेठले ढुक्कले लगानी गर्न आग्रह गर्नुभएको थियो । विदेशी लगानीकर्ता आकर्षित गर्न अध्यादेशमार्फत कानुन संशोधन गरिएको उल्लेख गर्दै उहाँहरुले जस्तोसुकै सहजीकरण गर्न पनि सरकार तयार रहेको बताउनुभएको थियो । सरकारले यही वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement