विदेशी मुद्राको विनिमय : १ अमेरिकी डलर लिन १३३ रुपैयाँ तिर्नुपर्ने

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
विदेशी मुद्राको विनिमय : १ अमेरिकी डलर लिन १३३ रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ वैशाख ६ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।

यस्तै बेलायती पाउन्ड एकको खरिददर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा रहेको छ । जापानी येन १० को खरिददर ८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८ रुपैयाँ ६६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै दक्षिण कोरियाको वन १०० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा तोकेको छ ।

हेरौं आजको विदेशी मुद्राको विनिमयदर :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement