न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ दिन संसदीय समितिको निर्देशन

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ दिन संसदीय समितिको निर्देशन

काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ ।

आज बसेको बैठकमा समितिले यस्तो निर्देशन दिएको हो । न्यारो बडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले बताए । न्यारो बडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने उनको भनाइ छ । समितिले जहाज खरिद सम्झौताका बेलामा भएका सबै प्रक्रिया पेश गर्न पनि निर्देशन दिएको छ ।

सभापति यादवले युरोपियन युनियनको कालोसूचीबाट हट्नका लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगम एक ठाउँमा हुन जरुरी रहेको पनि बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.