चिनियाँ व्यवसायीलाई लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको निम्तो

चैत्र १३, २०८० |कान्तिपुर टीभी संवाददाता
चिनियाँ व्यवसायीलाई लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको निम्तो

काठमाडौं । चीनको ९ दिने भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ व्यवसायीलाई लगानी सम्मेलनका लागि निम्ता दिएका छन् ।

चीनस्थित नेपाली दूतावासले आज गरेको पूर्वलगानी सेमिनारलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले आगामी महिना नेपालमा हुने लगानी सम्मेलनमा उत्साहजनक सहभागिताका लागि आग्रह गरे ।

नेपाल चिनियाँ लगानीकर्ताका लागि उत्कृष्ट गन्तव्य हुने दाबी गर्दै उनले सरकारले आवश्यक सुविधा दिन तयार रहेको उल्लेख गरे । आजै उनले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग औपचारिक भेटवर्ता गर्नेछन् । भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा छलफल हुने जनाइएको छ ।

त्यस्तै बीरआरआई कार्यान्वयन तथा दुई देशबीच हुनसक्ने अन्य सहकार्यका विषयमा पनि छलफल गर्ने तयारी छ । हिजो बिहान बेइजिङ पुगेका मन्त्री श्रेष्ठले चिनियाँ प्रतिनिधिहरुसँग भेटवार्ता गरेका थिए । ९ दिने भ्रमणकै क्रममा उनी छोङछिङ, तिब्बत र सिचुआन प्रान्त पनि जाने कार्यक्रम छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.