पेट्रोलियम पदार्थको खोज अनुसन्धान गर्ने उपकरण भन्सारमै अड्किए

फाल्गुन २५, २०८० |चक्र भण्डारी
पेट्रोलियम पदार्थको खोज अनुसन्धान गर्ने उपकरण भन्सारमै अड्किए

दैलेख । चीनबाट ल्याइएका पेट्रोलियम पदार्थको खोज अनुसन्धान गर्ने उपकरण पाँच दिनदेखि नेपालगन्जस्थित रुपैडिहा भन्सार नाकामा थन्किएका छन् । भन्सार छुट कागजात समयमै उपलब्ध हुन नसक्दा ती उपकरणहरू थन्किएका हुन् ।

चीन सरकारको सहयोगमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न चिनियाँ विज्ञ टोली चार महिनादेखि दैलेखको भैरवी गाउँपालिकामा छ । जमिनमुनि करिब चार किलोमिटर ड्रिलिङ गरेर पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन ती सामग्री ल्याइएकाे हाे ।

अहिले भन्सारमा १० वटा ट्रक कागजातको अभावमा थन्किएका हुन् । यस्तै, कागजातकै कारण बाँकी १९० ट्रक भारतको कोलकातामा रोकिएका छन् । अन्वेषणका सामग्री भन्सार छुटका लागि चाइना जिओलोजिकल सर्भेका नाममा रहेकोमा भूगर्भ विभागको नाम हुनुपर्ने भन्दै अर्थ मन्त्रालयमा फाइल अड्किएको हाे ।

मन्त्रालयले भन्सार छुटको कागजात नपठाउँदासम्म ती सामग्री भन्सारमै थन्किने अवस्थामा छन् । सन् २०२२ सम्ममा सक्ने सम्झौता भएको आयोजना ड्रिलिङ प्रक्रियाकै कारण रोकिएको छ । 


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।