मुगुमा राष्ट्रिय विद्युत् प्रसारण लाइन ४ दिनदेखि अवरुद्ध

फाल्गुन २३, २०८० |राजबहादुर शाही
मुगुमा राष्ट्रिय विद्युत् प्रसारण लाइन ४ दिनदेखि अवरुद्ध

मुगु । जिल्लामा चार दिनदेखि राष्ट्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ । केही अघिको हिमपात र वर्षाले जुम्लाको रोकायाबाडा, गोठिज्युला, बोता र जियामा विद्युत्‌का पोल ढलेर तार जोडिएको र पिन-डिक्स फुटेपछि सेवा अवरुद्ध भएको हो ।

विद्युत्‌का पोल ढलेका स्थानमा मर्मतका लागि प्राविधिक कर्मचारी पठाइसकिएको गमगाढ जलविद्युत् आयोजना प्रमुख साजन ऐडीले जानकारी दिए ।

राष्ट्रिय विद्युत् लाइन अवरुद्ध भएपछि छायानाथ रारा नगरपालिकाभित्र रहेका गमगढी, कार्कीबाडा, श्रीनगर, भामबाडा, पिना, ताल्चलगायत बस्तीका स्थानीय गमगाढ जलविद्युत् आयोजनाको विद्युत्‌को भर पर्नुपर्ने अवस्था छ ।

अवरुद्ध भएको विद्युत् सेवा केही दिनभित्रै नियमित हुने गमगाढ आयोजना प्रमुख ऐडीको भनाइ छ । गत भदौ २५ गते सदरमुकाम गमगढीमा ११ केभीको राष्ट्रिय विद्युत् प्रसारण लाइन जोडिएको थियो ।


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।