दूधको उचित मूल्य नपाएको भन्दै पश्चिम नवलपरासीका किसान आन्दोलित

सडकमै दूध पोखेर विरोध
कृषिमन्त्री भुसालको राजीनामा माग
फाल्गुन १२, २०८० |कान्तिपुर टीभी संवाददाता
दूधको उचित मूल्य नपाएको भन्दै पश्चिम नवलपरासीका किसान आन्दोलित

नवलपरासी । दूधको उचित मूल्य नपाएको र खपत पनि घटेको विरोधमा पश्चिम नवलपरासीका किसानले आज दूध पोखेर विरोध जनाएका छन् ।

विभिन्न बहाना बनाउँदै निजी तथा सरकारी डेरीले नियमितरुपले दूध खरिद नगरेको तथा लगानीअनुसारको मूल्य नपाएको विरोधमा बर्दघाटमा किसानले सडकमा दूध पोखेका हुन् । उत्पादन गरेको दूध बिक्री नहुने र मूल्यसमेत नपाएको भन्दै त्यहाँका किसान संघर्ष समिति गठन गरेर आन्दोलित भएका छन् । 

१ सय जना किसानले आज ५ सय लिटर दूध पोखेर विरोध जनाएको सघर्ष समितिका अध्यक्ष देविलाल काफ्लेले बताए । कृषि तथा पशुपन्छीमन्त्री वेदुराम भुसालले किसानका माग तत्काल सम्बोधन गर्ने बताए पनि अहिलेसम्म समस्या समाधान नभएको भन्दै उनीहरूले कृषिमन्त्रीको राजीनामासमेत माग गरेका छन् 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.