व्यापार घाटा अचाक्ली, खर्बौंको आयात अर्बमा निर्यात

फाल्गुन १०, २०८० |कान्तिपुर टीभी संवाददाता
व्यापार घाटा अचाक्ली, खर्बौंको आयात अर्बमा निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनासम्म नेपालले ८ खर्ब ११ अर्बको व्यापार घाटा व्यहोरेको छ । यस अवघिमा वैदेशिक व्यापार भएका १ सय ५७ देशमध्ये १ सय २१ सँगको व्यापार घाटामा छ ।

चालु आर्थिक वर्षको यो अवघिसम्म कुल ८ खर्ब ९७ अर्ब ९४ करोडको वस्तु आयात हुँदा ८६ अर्ब ८३ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । गत वर्षको तुलनामा आयात २ दशमलब ३१ प्रतिशत र निर्यात ७ दशमलब शून्य ७ प्रतिशत घटेको हो ।

यो अवधिमा डिजेल ७७ अर्बको, पट्रोल ३८, खाना पकाउने ग्यास ३०, स्मार्ट फोन १७, सुन १२ अर्बको आयात भएको छ । त्यस्तै कोइला १२, फलाम ४४ र औषधि र त्यसको कच्चापदार्थ १६ अर्बको आयात भएको छ । चालु आर्थिक वर्षको यो अवधिसम्म ४ अर्बको अलैंची, ६ अर्बको गलैंचा , ३ अर्बको जुस, २ अर्बको पाम र ६ अर्ब ९६ करोडको स्टिल आइरन निर्यात भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.