सहकारीलाई रकम फिर्ता गर्न अदालतले आदेश दिए पनि बचतकर्ताले पाएनन्

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
सहकारीलाई रकम फिर्ता गर्न अदालतले आदेश दिए पनि बचतकर्ताले पाएनन्

बाँके । जिल्ला अदालत बाँकेले नेपालगन्जस्थित सहकारी र वित्तीय संस्था लिमिटेडको ३५ करोड रुपैयाँ अपचलन गर्ने ९ जनालाई दोषी ठहर गर्दै कैद सजाय र जरिवाना तोके पनि बचतकर्ताको रकम फिर्ता आदेश कार्यान्वयनमा ढिलाइ भएको छ ।

कात्तिक २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले नौ जनालाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा बचत फिर्ताको फैसला गरेको थियो । आरोपी १० जनाले भने सफाइ पाएका थिए । सहकारी ठगी प्रकरणमा अदालतले दिएको आदेश कार्यान्वयनमा ढिलाइ हुँदा बचतकर्ताले कहिले रकम फिर्ता पाउने भन्ने अनिश्चित छ ।

अदालतले बचतकर्ताको रकम फिर्ता गर्न दिएको आदेश कार्यान्वयन नहुँदा बचतकर्ता निराश छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.