ट्याक्सी साहुले किन थाले आन्दोलन ? (तस्बिरसहित)

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
ट्याक्सी साहुले किन थाले आन्दोलन ? (तस्बिरसहित)

काठमाडौं । ट्याक्सी सञ्चालनसम्बन्धी मापदण्ड सहज बनाउन माग गर्दै ट्याक्सी व्यवसायी (साहु) ले आन्दोलन थालेका छन् ।

२० वर्ष पुराना ट्याक्सीका सञ्चालकहरुले आज काठमाडौंमा र्यालीसहित कोणसभा गरेका हुन् । उनीहरुले उच्च अदालत पाटनको फैसला कार्यान्वयन गर्न बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनुका साथै सहजीकरण गरिदिन केन्द्रीय सरकारलाई आग्रह गरेका छन् ।

उच्च अदालतले सरोकारवालाको समेत परामर्श लिई सवारीसम्बन्धी मापदण्ड बनाउन आदेश दिएको थियो । तर, अहिलेसम्म फैसला कार्यान्वयन भएको छैन । मापदण्ड नबन्दा नयाँ ट्याक्सी दर्तालगायत प्रभावित बनेको उनीहरुको दुखेसो छ ।

संघर्ष समितिले पेट्रोल, डिजेल र ग्यासबाट गुड्ने सवारीसाधनलाई पनि ट्याक्सी बनाउन पाउनुपर्ने, विद्युतीय गाडी खरिद गर्दा सहुलियत दिइनुपर्ने तथा प्रतिस्पर्धाका आधारमा सवारी खरिद गर्न पाउनुपर्ने माग गरेका छन् ।

‘सरकारले एउटा मात्रै कम्पनीबाट गाडी किन्नुपर्ने व्यवस्था गर्‍यो,’ स्वरोजगार मजदुर चालक स्वतन्त्र संघर्ष समितिका संयोजक राम थापाले भने, ‘’

हाल ट्याक्सी व्यवसायीहरुले टाटाको सेडान कार मात्र खरिद गर्न पाउने व्यवस्था छ । उनीहरुले खरिदमा भन्सार छुट दिन पनि मागसमेत गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.