अर्थतन्त्र संकटमुक्त छ : प्रधानमन्त्री दाहाल

माघ २६, २०८० |कान्तिपुर टीभी संवाददाता
अर्थतन्त्र संकटमुक्त छ : प्रधानमन्त्री दाहाल

नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र संकटमुक्त रहेको दाबी गर्दै अर्थतन्त्रले लयसहित सकारात्मक दिशामा अघि बढेको बताएका छन् ।

नुवाकोट सदरमुकाम विदुरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सकारात्मक दिशमा अघि बढेको दाबी गरेका हुन् । आफूले तेस्रोपटक मुलुकको नेतृत्व सम्हाल्दै गर्दा अर्थतन्त्र जोखिम्मा रहेको भन्दै उनले लामो छलफल र बहसपछि बैंकले ब्याजदर घटाएको, विदेशी मुद्रा सञ्चिति र राजस्व संकलनमा सुधार गरेको र रेमिट्यान्स बढेको बताए ।

निजी क्षेत्रलाई विश्वासमा नलिई मुलुकको आर्थिक विकास सम्भव नरहेको भन्दै उनले सरकार उद्योगी र व्यवसायीसँग सहकार्यका लागि तयार रहेको बताए । उत्पादन र रोजगारमूलक क्षेत्रमा लगानी गर्न उनले व्यवसायीहरुलाई आग्रहसमेत गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.