एनसेल आजियटाले दूरसञ्चार प्राधिकरणलाई सेयर बिक्रीसम्बन्धी कागजात बुझायो

पुस ५, २०८० |कान्तिपुर टीभी संवाददाता
एनसेल आजियटाले दूरसञ्चार प्राधिकरणलाई सेयर बिक्रीसम्बन्धी कागजात बुझायो

काठमाडौं । लाइसेन्स नै खारेज गरिदिने चेतावनी दिएपछि एनसेल आजिएटाले झन्डै तीन साताअघि घोषणा गरेको ८० प्रतिशत सेयर बिक्रीसम्बन्धी दस्ताबेजहरू नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ ।

मलेसियन कम्पनी आजिआटासँग रहेको ८० प्रतिशत सेयर युकेको स्पेक्ट्रलाइट कम्पनीलाई बेच्ने सम्झौता भएपछि प्राधिकरणले एनसेललाई विवरण पेस गर्न पत्राचार गरेको थियो ।

प्राधिकरणले मंसिर १५ गते नै विवरण पेस गर्न भन्दै पत्रचार गरेको थियो, तर एनसेलले अटेर गरेपछि मंसिर २५ मा पुनः पत्रचार गरेको थियो । प्राधिकरणले तत्काल विवरण पेस नगरे अनुमतिपत्र नै खारेज गरिदिने चेतावनी दिएपछि हिजो (बुधबार) खरिद सम्झौतापत्र पेस गरेको हो ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले प्राप्त पत्रबारे अध्ययन भइरहेको बताएका छन् । सेयर खरिद-बिक्री घोषणा गरेको तीन सातापछि एनसेलले नेपाल सरकार र नियामकलाई औपचारिक जानकारी गराएको हो ।

यो पनि...

एनसेलको नेपालगन्ज क्षेत्रीय कार्यालयमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement