दक्षिणी लेबनानमा हिजबुल्लाहविरुद्ध इजरायलको भीषण हवाइ कारबाही

आश्विन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिणी लेबनानमा हिजबुल्लाहविरुद्ध इजरायलको भीषण हवाइ कारबाही

काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानको बेका क्षेत्रमा हिजबुल्लाह लक्षित नयाँ चरणको भिषण हवाइ कारवाही शुरु गरेको जनाएको छ ।

यसअघि इजरायली सेनाले हिजबुल्लाहले तेल अबिबमाथि प्रहार गरेको एउटा बलिष्टिक क्षेप्यास्त्रलाई आफ्नो हवाइ प्रतिरक्षा प्रणालीले ध्वस्त पारेको जनाएको थियो । हिजबुल्लाहले बुधवार बिहानै इजरायली गुप्तचर निकाय मोसादको तेलअबिबस्थित मुख्यालय लक्षित बलिष्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

क्षेप्यास्त्रबाट कुनै क्षति वा हताहति नभएको र नागरिक रक्षा सूचनाहरुमा कुनै परिवर्तन नगरिएको इजरायली सेनाले जनाएकोछ । यसैबीच, लेबनानस्थित राष्ट्रसंघीय शान्ति मिशन यूनिफिलले इजरायल–हिजबुल्लाह द्वन्द्वको राजनीतिक तथा कूटनीतिक समाधान खोज्न आह्वान गरेको छ ।

इजरायलले सोमबारदेखि दक्षिणी लेबनानमा गरेको भीषण आक्रमणमा ५० बालबालिका सहित ५ सय ६९ जना मारिएका छन् भने करिब साढे १८ सय घाइते भएका छन् । दक्षिणी लेबनानबाट विस्थापित भएका हजारौं लेबनानी विद्यालय र अन्य भवनहरुमा आश्रय लिइरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement