एनसेलको नेपालगन्ज क्षेत्रीय कार्यालयमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन

पुस ५, २०८० |कान्तिपुर टीभी संवाददाता
एनसेलको नेपालगन्ज क्षेत्रीय कार्यालयमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन

बाँके । नेपालगन्जस्थित एनसेलको क्षेत्रीय कार्यालयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी (वैद्य) समर्थक विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले राजस्व छलीको विरोध गर्दै एनसेलको कार्यालयमा कालो झन्डासहितको ब्यानर टाँगेका छन् ।

उनीहरूले सरकारको मिलेमतोमा राजस्व तथा कर छली गरेको आरोप लगाएका छन् ।

विद्यार्थीहरुले एनसेललाई राष्ट्रियकरण गर्नु पर्ने, कर छलीमाथि छानबिन गरिनु पर्ने, छानबिनका लागि नागरिक स्तरीय आयोग गठन गरिनु पर्ने माग राखेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement