
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनिमय दर कमजोर बनेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३३ रुपैयाँ ७५ पैसा तोकेको छ । त्यस्तै खरिददर १३३ रुपैयाँ १५ पैसा तय गरिएको छ । डलर बलियो बन्दा नेपालजस्ता देशलाई घाटा हुने पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको भनाइ छ ।
वस्तु निकासी बढाउन सकेमा नेपालले लाभ लिन सक्नेछ । वार्षिक १५ खर्बभन्दा धेरै व्यापार घाटा रहेको मुलुकमा नकारात्मक असर गर्ने छ । रेमिट्यान्स र पर्यटन क्षेत्रमा भने सकारात्मक प्रभाव हुने अर्थशास्त्रीहरु बताउँछन् ।