भारतबाट अवैध आयात बढेपछि पशु क्वारेन्टाइन कार्यालय रूपन्देहीद्वारा सचेतना कार्यक्रम

मंसिर १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतबाट अवैध आयात बढेपछि पशु क्वारेन्टाइन कार्यालय रूपन्देहीद्वारा सचेतना कार्यक्रम

रूपन्देही । भारतबाट अवैध आयात बढेपछि पशु क्वारेन्टाइन कार्यालय रूपन्देहीले सुरक्षा निकाय, व्यवसायी र किसानलाई सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

पछिल्लो समय नेपालको उत्पादन भनि नक्कली कागजपत्र मिलाएर तस्करी गर्ने क्रम बढेपछि कार्यालयले क्वारेन्टाइनसम्बन्धी सचेतना दिएको हो । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ तथा नियमावली २०५६ लाई कार्यान्वयनमा ल्याउन सीमामा तैनाथ सुरक्षाकर्मी र व्यवसायीहरूलाई बुझाउन आवश्यक परेको कार्यालयले जनाएको छ ।

भारतबाट स्वास्थ्य प्रमाणपत्र जारी गरिएका पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थ मात्र नेपाल ल्याउन पाउने व्यवस्था छ । बर्ड फ्लु नियन्त्रण आदेश २०६४ लागू भएपछि भने कुखुरा र कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध छ । पशु क्वारेन्टाइन कार्यविधि, पशु ढुवानी मापदण्ड, पशु कल्याण निर्देशिका, बर्ड फ्लु रोग नियन्त्रण आदेश, मासु तथा मासुका परिकार आयात/ निर्यात मापदण्डबारे सुरक्षाकर्मी, व्यवसायी र किसानहरूलाई प्रशिक्षण दिइएको हो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.