लक्जरी एल्युमिनियम ढोका-झ्याल ब्रान्ड ‘स्काइलाइन’ सञ्चालनमा

मंसिर १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
लक्जरी एल्युमिनियम ढोका-झ्याल ब्रान्ड ‘स्काइलाइन’ सञ्चालनमा

काठमाडौं । हुलास एल्युमिनियमले उत्पादन गर्ने प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड ‘स्काइलाइन’ काे शाेरूम सञ्चालनमा आएको छ ।

‘स्काइलाइन’काे आधिकारिक शोरूम तथा अनुभव केन्द्र काठमाडौंको माइतीघरमा शुक्रबारदेखि सञ्चालनमा आएको हाे। मंसिर १८ गते सुरु भएको ‘स्काइलाइन’काे तीनदिने विशेष लञ्च इभेन्ट २० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। स्काइलाइन शोरूमलाई ‘एक्सपिरियन्स सेन्टर’का रूपमा तयार गरिएको छ, जहाँ ग्राहकले ढोका-झ्यालका मोडेलहरू अवलोकन र अनुभव गर्न तथा गुणस्तर नजिकैबाट बुझ्न सक्ने कम्पनीले जनाएकाे छ। 

आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित स्काइलाइनकाे ढोका तथा झ्यालले प्रिमियम क्वालिटी, आकर्षक डिजाइन र उच्च टिगाउपन प्रदान गर्ने कम्पनीको दाबी छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.