
काठमाडौं । नेपाल आम पुलिस फोर्सको एपीएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा बंगलादेशको नसरिन स्पोट्सलाई ४-० ले हराएको छ।
दशरथ रंगशालामा भएको खेलमा एपीएफले सानदार जित हाासिल गरेको हो। खेलको ३८औं मिनेटमा एपीएफले अग्रता बनाएको थियो। दायाँ साइडबाट हिरा कुमारी भुजेलको क्रसमा रश्मीको प्रहार रिबाउन्ड भएको थियो। त्यसपछि मिनाको पासमा रश्मीले नै करिब २० यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको हो।
खेलको सुरूआतबाट नै दबाब बनाएको भए पनि पहिलो हाफमा एपीएफले अग्रता थप गर्न भने सकेन्। यससँगै खेलमा विभागीय टिम १-० ले अघि रह्याे। दोस्रो हाफको ५८औं मिनेटमा पाएको उत्कृष्ट अवसर गुमाउँदा एपीएफले अग्रता बढाउन सकेन्। पोस्ट अघि सरू लिम्बूको पासमा रश्मील फितलो प्रहार गरेपछि गोलकिपरले सहजै गोल बचाइन्। नेपालले गुमाएकाे सबैभन्दा सुनौलो अवसर थियो।
दोस्रो हाफको अन्तिम समयमा मिना देउवाले लगातार दुई गोल गरिन्। उनले खेलको ७० मिनेटमा गोल गरेकी थिइन्। त्यसैगरी ८० औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई सहज अवस्थामा पुर्याएकी थिइन्। स्टपेज समयमा मिनाले अर्को गोल गरेर खेललाई ४-० मा समाप्त गरेकी हुन्। यो जितसँगै एपीएफले पहिलो तीन अंक सुरक्षित गरेको छ। नसरिनले भने हारबाट प्रतियोगिता सुरू गरेको छ। अब दोस्रो दिनका खेलहरू सोमबार हुनेछन्।