लुम्बिनी प्रदेशमा विकास बजेट खर्चको अवस्था दयनिय

मंसिर १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेशमा विकास बजेट खर्चको अवस्था दयनिय

लुम्बिनी । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/०८३ को चार महिनाको अवधिमा विकास बजेट खर्चको अवस्था दयनिय देखिएको छ । 

प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारीअनुसार लुम्बिनी प्रदेश सरकारले पहिलो चौमासिकमा पूँजीगततर्फ ९ दशमलव ७३ प्रतिशत र चालुतर्फ १४ दशमलव २८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । 

जेन-जी आन्दोलनको कारण देखाउँदै बजेट कार्यान्वयन केही सुस्त देखिए पनि अबका दिनमा खर्च बढ्ने र गत वर्षकै हाराहारीमा बजेट खर्च हुने प्रदेश सरकारले दाबी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.