दोलखामा किबी टिप्ने मौसम सुरु

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
दोलखामा किबी टिप्ने मौसम सुरु

दोलखा । दोलखामा किसानले व्यावसायिक रुपमा लगाएको किबी टिप्ने मौसम सुरु भएको छ ।

कात्तिकको अन्तिम साताबाट मंसिरभर किबी टिप्ने मुख्य सिजन हो । व्यापारीहरुले किसानको बगैंचामै पुगेर किबी खरिद गर्ने गरेका छन् । कतिपय किसानले भने किबी टिपेर शीतभण्डारमा राख्ने गरेका छन् ।

यो सिजनमा उत्पादन बढे पनि बजार भाउ खासै नभएकाले शीतभण्डारमा राखेको किसानले बताएका छन् । दोलखामा मुख्य गरी ग्रिन, रेड र गोल्डेन किबी खेती हुने गरेको छ । दोलखामा ८ सय हेक्टरमा किबी खेती भइरहेको किबी जोन कार्यक्रमले जनाएको छ । यसबाट वार्षिक ८ हजार टन किबी उत्पादन हुँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.